मोरङ, सुनसरी र उदयपुरको विभिन्न स्थानहरूबाट प्रतिबन्धित लागूऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
मोरङको मिक्लाजुङ-७ स्थितबाट इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा स्थानीय २० वर्षीय मनिष राईको घरमा खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध ट्रामाडोल-९६, स्पास्टिन-२३८ क्याप्सुल र नाईट्रेजेपाम-४ ट्यापलेट सहित पक्राउ गरेको छ।
त्यसैगरी, सुनसरीको अस्थायी प्रहरी चौकी जोर सखुवाबाट खटिएको प्रहरी टोलोले धरान उप-महानगरपालिका-१६ का २० वर्षीय निशान तामाङको साथबाट ट्रमाडोल-१८२ क्याप्सुल र स्पास्पेन-१८२ चक्की सहित पक्राउ गरेको छ भने उदयपुर त्रियुगा नगरपालिका-३ स्थितबाट जिल्ला प्रहरी कार्यालय उदयपुरबाट गस्तीमा खटिएको प्रहरी टोलीले स्थानीय २७ वर्षीय दीपेश चौधरीलाई ५७ एम्पुल लागूऔषध औषधी सहित नियन्त्रणमा लिएको छ।
प्रतिबन्धित लागूऔषध पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ।