गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा पर्यटकीय राजधानी भएकाले सबैले पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताएका छन्।
पोखरा भ्रमण वर्ष–२०२५ समारोहमा बोल्दै उनले पर्यटन प्रवर्द्धन गर्नुपर्ने भूमिका महानगरपालिकाको मात्र नभई समग्र प्रदेशवासीको पनि भूमिका रहने बताएका हुन्। 
उनले भने, ‘पोखराको पर्यटन प्रवर्द्धन गर्नुपर्ने जिम्मेवारी पोखरा महानगरपालिकाको मात्र नभई समग्र प्रदेशवासीको पनि भूमिका रहन्छ। आगामी दिनहरूमा हामीले अन्य पर्यटकीय क्षेत्रमा पनि पोखरालाई विकास गर्दै लानुपर्ने अवस्था छ। ’ 
साथै उनले पर्यटन विकासका लागि कनेक्टिभिटीहरुको आवश्यकता हुने बताए। उनले पोखरालाई हरेक क्षेत्रमा जोड्न सडक सञ्जाल र हवाई मार्ग धेरै नै चुनौतीपूर्ण रहेको बताए।