सिरहा गोलबजार नगरपालिका वडा नं.४ शिव मन्दिर स्थित क्याम्पस रोडबाट लागुऔषध (ब्राउन सुगर) १ ग्राम १९० मिलिग्राम सहित ३ जना व्यक्ति पक्राउ परेका छन्। 
शुक्रवार इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले क्याम्पस रोडबाट शिव मन्दिरतर्फ आउँदै गरेको स.३ प. ६३४४ नं. को १२५ मोटरसाइकललाई शङ्का लागि चेकजाँच गर्दा मोटरसाइकल चालक २० वर्षीय पङ्कज मण्डल र सोही मोटरसाइकल पछाडि सवार २८ वर्षीय अरविन्द सिंह दनुवार र वर्ष २६ को रबिन मुखिया पक्राउ परेका हुन्। 
उक्त विषयमा थप अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय गोलबजार जानकारी दिएको छ।