मुगु जिल्लाका चार स्थानीय तहमध्ये सोरु गाउँपालिका आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्याङ्कनमा पहिलो स्थानमा छ। सोरु गाउँपालिका ६१.२ अङ्कसहित अग्रस्थानमा रहँदा मुगमकार्मारोङ दोस्रो, छायानाथ रारा नगरपालिका तेस्रो र खत्याड चौथो स्थानमा रहेका छन्। 
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले माघ ३० गते सार्वजनिक गरेको प्रतिवेदन अनुसार वित्तीय सुशासनको मूल्याङ्कनमा मुगमकार्मारोङ्गले ९१.५ अङ्क सहित अग्रस्थानमा छ। यस्तै,मुगमकार्मारोङ्ग संस्थागत मूल्याङ्कनमा पनि ८९ अङ्कका साथ पहिलो स्थानमा रहन सफल भएको छ। 
आयोगका अनुसार यस्ता मूल्याङ्कनले स्थानीय तहलाई सुशासन सुधार्न थप प्रोत्साहन दिनेछ।