अखिल नेपाल फुटबल सङ्घले नेपाली युवा टोली र चीन युनान युवा फुटबल टोलीबीच मैत्रीपूर्ण फुटबल खेल आयोजना गर्ने भएको छ। 
आइतबार पत्रकार सम्मेलनको आयोजना गरी सङ्घले छिमेकी मित्रराष्ट्र चीनको नयाँ वर्षको अवसरमा नेपालस्थित जनवादी गणतन्त्र चीनको दूतावासको सहयोगमा आगामी फागुन ३ गते दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल आयोजना गर्ने जानकारी दिएका हो। 
यस मैत्रीपूर्ण खेलले युवा फुटबलको विकास र फुटबलको माध्यमबाट दुई देशबिचको सम्बन्ध विस्तार गर्ने सङ्घले अपेक्षा गरेका छ।
सङ्घका अनुसार खेलको प्राविधिक पक्षको सबै जिम्मेवारी एन्फाको रहने र खेलसम्बन्धी अन्य जिम्मेवारी (मार्केटिङ, ब्रोडकास्टिङ, टिकेटिङ, सांस्कृतिक कार्यक्रम) नेपालस्थित जनवादी गणतन्त्र चीनको दूतावासको रहनेछ।
प्रतियोगिताको तयारीका लागि मुख्य प्रशिक्षक राजेश शाहीको नेतृत्वमा ४५ सदस्यीय खेलाडी टोली हाल बन्द प्रशिक्षणमा रहेका छन्। खेलको अनुमानित बजेट रु ३८,९०,००० रहेको सङ्घले जनाएको छ।