काठमाडौँ महानगरपालिका उपमेयर सुनिता डंगोलले सबै वडाको आ–आफ्नै प्रशासनिक भवन निर्माणसँगै नागरिकलाई महानगरले र वडाले दिने सेवा सुविधामा थप प्रभावकारी हुने विश्वास व्यक्त गरिन्।
शुक्रवार काठमाडौँ महानगरपालिका वडा नं २९ को प्रशासनिक भवन उद्घाटन समारोहमा प्रशासनिक भवन पूर्वाधार विकासका पक्ष मात्र नभई जनतासँग जोडिएको विषय भएकाले आम जनतालाई सुशासनसँग जोड्न पनि प्रशासनिक भवनको महत्त्वपूर्ण भूमिका हुने उनको भनाई छ।
उनले भनिन्,‘आ–आफ्नै वडाको प्रशासनिक भवन भएमा नागरिकलाई महानगर र वडाले दिने सेवा सुविधामा थप प्रभावकारी हुन्छ भन्नेमा विश्वास राखेका छौँ। आज भवन उद्घाटन गर्न पाउँदा निकै खुसी लागेको छ। यो कुनै पूर्वधारका विकासका पक्ष मात्र होइन जनतासँग आम नागरिकसँग जोडिएको विषय हो। आम जनतालाई सुशासनसँग जोड्न पनि प्रशासनिक भवनको महत्त्वपूर्ण भूमिका हुन्छ।’
उनले २९ वडा वडामा नै मेलमिलाप केन्द्र सञ्चालनमा ल्याइएको पनि जानकारी दिइन्।