सङ्घीय संसद् अन्तरगत राष्ट्रियसभाको बैठक स्थगित भएको छ।
दुई वटा विधेयकहरू पेस भएर बिहीबारको बैठक स्थगित भएको हो। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आइतबार दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी बैठक स्थगित गरेका हुन्।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सभासमक्ष पेस गरेका छन् भने शिक्षामन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ पेस भएको छ।