पाठेघर मुखको क्यान्सरविरुद्धको खोप (एचपीभी) अभियान मुगुमा पनि सुरुवात भएको छ। 
देशभर माघ २२ गते देखि फागुन ६ गते सम्म सञ्चालन हुने खोप सदरमुकाम गमगढीमा रहेको खोप केन्द्र महाकाली उच्च माध्यमिक विद्यालयबाट सुरु गरिएको हो। कार्यक्रम चार वटै पालिकामा सञ्चालन गरिनेछ।
अभियान जिल्लाका चारै स्थानीय तहमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ६ देखि १० सम्मका अध्ययनरत छात्रा ३ हजार ८ सय ८५ जनालाई लक्षित गरी खोप सञ्चालन हुनेछ।
पहिलो दिन गमगढी बजारमा रहेका महामाली उच्च माध्यमिक विद्यालयबाट सुरु भएको हो। खोपले बच्चाहरूको मृत्यु दर सङ्केत कम गराउने जिल्ला अस्पताल मुगुका स्वास्थ्य सेवा व्यवस्थापक तथा कार्यालय प्रमुख डाक्टर निर्मल नगरकोटीले जानकारी दिए।
डाक्टर नगरकोटीका भने, ‘गम्भीर प्रकृतिको एलर्जी, गर्भवती महिलाको लागि भ्याक्सिन दिन नमिल्ने केन्द्रबाट निर्देशिका जारी भएको र निर्देशिका बाहिर गएर खोप लगाउन नमिल्ने र कक्षा ६ देखि १० सम्मका  छात्रा र विद्यालय बाहिरका १० देखि १४ वर्षका बालिकाहरूलाई विद्यालयमा रहेको खेप केन्द्रमा पाठेघर मुखको क्यान्सर विरुद्धको खोप लगाइने छ।’
मुगुका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जिल्ला स्थित सबै सञ्चारकर्मीहरूलगायत सरोकारवाला पक्षलाई अभियानमा सहकार्य गर्न र व्यापक प्रचार प्रसार गर्न आग्रह गरे। 
एचपीभी खोप अभियान २०८१ अन्तर्गत मुगुमा पहिलो पटक सञ्चालन गर्न लागिएको हो। अभियानले बालिकाहरूको स्वास्थ्य सुधार गर्दै पाठेघर मुखको क्यान्सरको जोखिम न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ।
खोप केन्द्रमा भिडभाड हुने अवस्थालाई मध्य नजर राख्दै अपागंता, असायहरुलाई प्राथमिकता दिँदै गोपनीयताको ख्याल राख्दै सञ्चालन गर्न र गराउनका लागि स्वास्थ्य कार्यालयलाई निर्देशन समेत गरेका छन्। 
अभियान सफल पार्नका लागि विद्यालय, अभिभावक र सरोकारवालाहरूलाई सक्रियताका साथ सहभागी हुन सरोकारवाला सबैले सहयोग गरी दिनुहुन समेत जिल्ला अस्पताल मुगुका अस्पताल विकास समितिका अध्यक्ष गजेन्द्र बहादुर मल्लले अनुरोध गरे। 
खोप निकै महत्त्वपूर्ण भएको हुनाले पहिलो पटक नेपालमा किशोरीहरूको पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप अभियान भएकाले पालिकाभित्र रहेका सबै विद्यालय र स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरूले कुनै पनि किशोरीहरूले खोपबाट वञ्चित नहुने गरी खोप लगाउन छायानाथ रारा नगरपालिकामा नगर प्रमुख विष्णु कुमार भामले आग्रह गरे।