झापाको कमल गाउँपालिकामा गएराती आगलागी भएको छ।
कमल-५ सितापुरीस्थित सुवास राईको किराना पसलसहित घर पूर्ण रूपमा आगलागी भएर क्षति भएको छ। गए राति ११ बजेतिर विद्युत सर्ट भई आगलागी सुरु भएको थियो।
विभिन्न पालिकाका-५ वटा दमकल र स्थानीयवासीहरूको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो। आगो करिब साढे तिन घण्टापछि नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ।
आगो नियन्त्रणमा लिन समय लागेकाले ठुलो क्षति हुन पुगेको जनाइएको छ।