स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले क्यान्सर निवारणको लागि उपचारात्मक र निरोधात्मक क्षेत्रमा काम गर्न जरुरी रहेको बताएका छन्।   
मङ्गलवार विश्व क्यान्सर दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालमा क्यान्सरको भयावह अवस्था रहेको भन्दै यसको निवारणको लागि अझै थुप्रै कामहरू गर्न जरुरी रहेको बताएका हुन्।  
उनले भने, ‘हामीले क्यान्सर निवारणको लागि अझै थुप्रै कामहरू गर्न जरुरी छ। यसमा चैँ उपचारात्मक क्षेत्रमा र निरोधात्मक क्षेत्रमा पनि काम गर्न जरुरी छ। आज पाठेघरको क्यान्सरबाट मेरो आमाहरू, दिदिहरु र मेरा समकक्षी साथीहरू थुप्रैको मृत्यु भएको छ। दिनमा चार जनाको मृत्यु हुने तथ्याङ्क हामीसँग छ। यो भनेको भयावह अवस्था हो। त्यसैले यसलाई न्यूनीकरण गर्दै निवारणको स्थितिमा कसरी पुर्‍याउन सकिन्छ। विश्व स्वास्थ्य सङ्गठनको र हाम्रो पनि लक्ष्य त्यही छ। यो निवारणको तहमा पुर्‍याउनको लागी हामीहरू सबैले मेहनत गर्न जरुरी छ।’
मन्त्री पौडेलले उपचारात्मक, निरोधात्मक र रक्षात्मक क्षेत्रमा काम गर्न प्रस्ट दृष्टिकोणसहित अगि बढ्ने बताए।