आजबाट सोनाम ल्होसार २८६१ सुरु भएको छ। आज (बिहीबार) गरुड वर्षलाई बिदा गरी सर्प वर्षलाई स्वागत गरिँदै छ। सोनाम ल्होसारका अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ।
सोनाम ल्होसार, तामाङलगायतका हिमाली बौद्ध समुदायले नयाँ वर्षका रूपमा हर्षोल्लासका साथ मनाउँछन्। सोनाम ल्होसारलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा विभाजन गरिएको छ।
ल्हो अर्थ वर्ग अर्थात् वर्ष हो भने छारको नयाँ हुन्छ। सोनाम ल्होसार उत्सव माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाउने भए पनि विशेष गरी तामाङ समुदायको घरघरमा कम्तीमा पाँच दिन मनाउने गरिएको छ।