रौतहटको बौद्ध माई नगरपालिका वडा नं.८ र ९ सरमुजवामा सडक बिस्तारको क्रममा डोजर चलाइएको छ। बौद्ध माई नगरपालिकाका नगर प्रमुख प्रदीप यादवको अगुवाइमा सडक क्षेत्रभित्र पर्ने संरचना हटाएको हो।
सडक क्षेत्रमा रहेका केहिको घर गोठ तथा परालको थुप्रो नगरपालिकाले हटाएको  छ तर स्थानीयहरूले भने नगरपालिकाले जबरजस्ती गरेको आरोप लगाएको छन्। नगर प्रमुख यादवका अनुसार सडक बिस्तारका लागी स्थानीयलाई जानकारी दिएर नै संरचना हटाएको बताए। पटक पटक सूचना दिँदा समेत बेवास्ता गरेपछि बाध्य भएर डोजर चलाइएको उनको दाबी छ। 
यस विषयमा पछिल्लो एक महिनादेखि विवाद हुँदै आएको थियो। सरमुजवा घटनाको विरोध गर्दै आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले  प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गरेका छन्। उनले सो घटनामा संलग्न प्रहरीलाई कारबाही गर्न माग गरेका छन्। एकातिर भोग चलनको आधारमा जनतालाई लालपुर्जा दिनका लागि भूमि आयोग गठन गर्ने अर्कोतर्फ जनताको उठीबास नै लगाइदिने काम दोहोरो चरित्रको भएको टिप्पणी साहले गरेका हुन्।