गरिमा विकास बैंक क्षेत्रिय कार्यालय इटहरीले   बैंक तथा वित्तीय संस्थाहरूको ऋण, धितो व्यवस्थापन, घरजग्गा सर्वेक्षण र वर्गीकरण सम्बन्धि तालिम सम्पन्न गरेको छ। 


गरिमा बिकास बैंक क्षेत्रीय कार्यालय , इटहरीको आयोजनामा अष्ट सिद्दी कन्सल्टेन्सी काठमाडौको प्राबिधिक सहयोगमा  अष्ट सिद्दी कन्सल्टेन्सीका तालिम प्रशिक्षक  बुद्धि मान जैसी र टिका राम घिमिरेले सहजीकरण गरेका थिए।  

2 1

कार्यक्रमको अध्यक्षता र कार्यक्रम माथी प्रकाश  गरिमा बिकास बैंक क्षेत्रीय कार्यालय , इटहरीका क्षेत्रीय प्रमुख दीपेन्द्र पोखरेलले गरेका थिए। इटहरी क्षेत्रीय कार्यालयअन्तर्गत रहेका १५ वटा  शाखा कार्यालयका शाखा प्रमुख क्षेत्रीय कार्यालयमा कार्यरत कर्मचारी र कर्जा इकाईमा कार्यरत कर्मचारीहरुलाई तालिम दिइएको थियो। बैंकका कर्मचारी हरुलाई धितोमा राखिने जग्गा सम्बन्धि कर्मचारीहरुलाइ  नापजोख पोक्त  बनाउने उदेश्यले तालिमको आयोजना गरिएको  गरिमा बिकास बैंक क्षेत्रीय कार्यालय , इटहरीका क्षेत्रीय प्रमुख दीपेन्द्र पोखरेलले जानकारी दिए।  उक्त तालिममा  ५० जना कर्मचारीहरुको सहभागिता रहेको थियो।  

1 1

कार्यक्रम संचालन  गरिमा बिकास बैंक क्षेत्रीय कार्यालय , इटहरीका अधिकृत सुर्य प्रसाद पौडेलले संचालन गरेका थिए भने वरण्डा होटेल इटहरीमा कार्यक्रमको आयोजना गरिएको थियो।