झापामा बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–६, थुम्वेदिनका ५२ वर्षीय कुमार राई छन्।

१६ वर्षीया किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ। शनिबार साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ।

झापाको हल्दिबारी गाउँपालिका–४ स्थित मेची पोल्ट्री फार्मको कोठाभित्र किशोरीको बलात्कार गरिएको उजुरीपछि प्रहरी टोली खटिएको थियो। प्रहरीचौकी हल्दिबारीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।