क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भ्रष्टाचारको विरुद्ध विरोध र्याली निकालेको छ।
आइतबार शान्तिवाटिकामा उनीहरूले एमसीसी सम्झौता, संविधान संशोधनको नाटक, लिम्पियाधुराको विषयमा भारत–चीनबीच भएको द्विपक्षीय सहमति तथा संस्थागत भ्रष्टाचारको विरुद्ध विरोध र्याली गरेको हो।
उक्त र्यालीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले लिम्पियाधुरामा त्रिदेशीय सहमति कायम गर, संविधान संशोधन होइन खारेज गर लगायत प्लेकार्डहरू प्रदर्शन गरी आन्दोलन गरेको छ। साथै र्यालीमा सहकारी पीडितलाई न्याय देऊ लगायत नाराहरू लगाएर प्रदर्शन गरेका थिए।