वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या घटेको छ। वैदेशिक रोजगार विभागका पुसमा २६ हजार ७१९ युवाले मात्र वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए। गत वर्षको पुसमा यो सङ्ख्या ६५ हजार ८१३ थियो।
गत आवको सोही अवधिको र चालु आवका अघिल्ला पाँच महिनाका तुलनामा श्रम स्वीकृति लिनेको सङ्ख्या घटेको देखिएको हो। त्यसमध्ये व्यक्तिगत रूपमा विदेशिनेको सङ्ख्या भने बढेको देखिएको छ।
व्यक्तिगत तथा अन्य माध्यमबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको हो। व्यक्तिगत रूपमा जानेको सङ्ख्या विगत ५ वर्षयता ६ प्रतिशतबाट बढेर २७ पुगेको तथ्याङ्कले देखाएको छ।
विभागले सार्वजनिक गरेको गत वर्षको तथ्यांकअनुसार संस्थागत रूपमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ६ प्रतिशतले घटेको छ। पछिल्लो अवधिमा मेनपावरमार्फत १३ लाख २ हजार ९१४ विदेश गएका थिए भने व्यक्तिगत रूपमा जानेको सङ्ख्या २ लाख ५ हजार ९४५ रहेको छ।