नेपाली बजारमा आइतबार सुनको मूल्य आठ सय रुपैयाँले घटेको छ। 
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार आठ सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँ कायम भएको छ। 
अघिल्लो कारोबारको  दिन छापावाल सुन प्रतितोला एक लाख ५७ हजार ९०० रुपैयाँमामा कारोबार भएको थियो। 
त्यस्तै,चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासङ्घले जनाएको छ। अघिल्लो कारोबार दिन चाँदी प्रतितोला एक हजार ८९० रुपैयाँमा किनबेच भएको थियो।