मोरङको बेलबारीमा एक जना पुरुष मृत फेला परेका छन्।
बेलबारी नगरपालिका–८ गिरीगाउँमा १ जना पुरुष मृत फेला परेका छन्। भक्तबहादुर ओझाको घरमा काम गरेर बस्ने मोरङको मङ्गलबारे घर बताउने अन्दाजी ५६ वर्षीय डम्का राजवंशी सुतेकै ठाउँमा आइतबार बिहान मृत फेला परेका हुन्।
राजवंशी कटेरोमा सुतेका थिए। नउठेपछि बोलाउन जाँदा मृत अवस्थामा देखेर प्रहरीलाई खबर गरिएको स्थानीयको भनाइ छ। चिसोले कठ्याङ्ग्रिएर उनको मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
घटनाको अनुसन्धान सुरु गरिएको र अनुसन्धानपछि वास्तविकता पत्ता लाग्ने प्रहरीले जनाएको छ ।