नेपाली कांग्रेसले कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता, पूर्व मुख्यमन्त्री उद्धव थापामाथि भएको आक्रमणको भर्त्सना गरेको छ। 
आइतबार विज्ञप्ति सार्वजनिक गर्दै कांग्रेसले केही व्यक्तिले हिजो राति झापामा थापामाथि गरेको आक्रमणको घोर निन्दा र भर्त्सना गर्दै संलग्न व्यक्तिहरूलाई कडा कानुनी कारबाहीका लागि सरकारसँग माग गरेको हो। 
विज्ञप्तिमा लेखिएको छ,‘नेपाली कांग्रेस कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता, पूर्व मुख्यमन्त्री उद्धव थापामाथि केही व्यक्तिले हिजो झापामा गरेको आक्रमणको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ। नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कँदै गर्दा कनकाई नगरपालिकाको सुरुङ्गा नजिक उहाँमाथि आक्रमण भएको थियो। उहाँको निधारमा चोट लागेको छ। उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै नेपाली कांग्रेस घटनाको यथार्थ छानबिन गरेर अराजक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कडा कानुनी कारबाहीका लागि सरकारसँग माग गर्दछ।’
Photo 98