सुनसरीको धरानबाट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ।
धरान उपमहानगरपालिका-१९ हरियाली चारकोसे जंगलबाट इटहरी उपमहानगरपालिका–१३ का ३५ वर्षीय ज्योतिष चौधरी, सुनसरीको रामधुनी नगरपालिका–७ का ३३ वर्षीय सन्जु राई, ३१ वर्षीय विनयराज धामी, २८ वर्षीय दिवश माझी र मोरङको सुन्दरहरैँचा नगरपालिका–२ का ४१ वर्षीय मेहरमान भुजेल छन्।
शनिबार (हिजो) राति धरानबाट रासतालतर्फ जाँदै गरेको बा४च ४३३ नम्बरको कारमा सवार उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ। उनीहरूका साथबाट एकथान भरुवा बन्दुक, त्यसमा लाग्ने फलामका गोली तीन, टोटा बन्दुकका गोली दुई, बारुद र खुकुरी एकथान बरामद गरिएको छ।
प्रहरी जाँचका क्रममा कारमा उक्त हातहतियार फेला पारी उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।