विशाल सिंहको स्वरमा रहेको हिन्दी गीत ’प्यार की दस्तान’ सार्वजनिक भएको छ।
विशाल सिंह र अशोक भाटियाको शब्द रहेको गीत भिडियो सहित समीर खान को युट्युब च्यानलमा शुक्रवार सार्वजनिक भएको हो।
राजेश के एस को सङ्गीत रहेको गीतको भिडियोमा समीर खान र स्मारिका ढकालले  फिचर्ड छन्। नेपालका  विभिन्न ठाउँमा खिचिएको गीतको भिडियोलाई निशान एस के ले निर्देशन गरेका हुन्। मोडलद्धय समीर खान र स्मारिका ढकाल चलचित्र ज्ञान शास्त्र साथै दजनौं म्युजिक भिडियोमा समेत निकै रुचाइएका कलाकार हुन।
पछिल्लो समय कला र गला हुनेहरूले आफूलाई सहज हुने भाषा र शैलीमा आफूलाई प्रस्तुत गर्नेको सङ्ख्या बढ्दो छ।
यसैबिच विशाल सिंहको ’प्यार की दस्तान’ ले पनि गायकको कला र स्वरलाई न्याय गरेको छन्। दीपक गिरी ले खिचेको गीतको भिडियोलाई प्रवीण भट्टले सम्पादन गरेका छन्।