राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं सहकारी ठगी कसुरका आरोपित रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्। आइतबार बिहान कार्यालय समय सुरु हुनुअघि नै उनी अदालत पुगेका हुन्।
उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ। कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं अदालतमा मुद्दा दायर गरिएको हो।
गएको बिहीबार लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो। धरौटी रकम बुझाएर उनी बिहीबार नै थुनामुक्त भएका थिए।