नेपाल क्रिकेट सङ्घ (क्यान) ले महिला त्रिकोणात्मक टी–२० सिरिजको घोषणा गरेको छ।आइतबार क्यानले महिला त्रिकोणात्मक टी–२० सिरिजको घोषणा गरेको हो।
काठमाडौँमा जनवरी ३० देखि फेब्रुअरी ८ सम्म हुने यो प्रतियोगितामा नेपालसहित नेदरल्याण्डस् र थाइल्याण्ड सहभागी हुने भएका छन्।
तीन देशले एक अर्कासहित ३–३ खेल खेल्ने छन् र शीर्ष दुई स्थानमा हुने देश फाइनलमा पुग्ने छन्। सिरिजको फाइनल खेल फेब्रुअरी ८ मा हुने छ।
क्यानका अनुसार टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने सिरिज अपराहन्न सवा १२ बजेदेखि सुरु हुने छ।