नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालले सबैभन्दा बढी ध्यान दिनुपर्ने विषय जलवायु परिवर्तन रहेको बताए। जलवायु परिवर्तनको समस्या समाधानका लागि पेट्रोल, डिजेलको प्रयोग कम र विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्नेमा उनले जोड दिए। 
उनले भने,‘नेपालले सबैभन्दा बढी ध्यान दिनुपर्ने विषय जलवायु परिवर्तन हो। यसले गर्दा आज हिमालहरू पग्लिएका छन्।हिमालयमा पनि हिउँ नै छैन अहिले। त्यसैले, बिस्तारै नेपालमा धेरै समस्याहरू आउन सक्छ। डिजेल पेट्रोलको प्रयोग नेपालमा अत्याधिक भइरहेको छ। त्यसले धेरै समस्या पारेको छ। त्यसैले नेपालमा इलेक्ट्रिक भेकलहरुको प्रयोग जस्ता धेरै कुराले जलवायु परिवर्तनलाई रोक्न सक्छौँ। काठमाडौँमा मात्र पनि इलेक्ट्रिक भेकलहरुको प्रयोग बढाउन सक्यौँ भने धेरै मद्दत पुग्ने छ।’