रौतहट प्रहरीले किटनाशक औषधी बोकेको पिकअप गाडी र गहुँ बोकेको ट्याक्टरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको गस्ती टोलीले गौर नगरपालिका वडा नं.५ सिया होटल नजिकबाट पिकअप र ट्याक्टर नियन्त्रणमा लिएको हो।
रौतहट प्रहरी निरीक्षक उमा शङ्कर प्रसादका अनुसार किटनाशक औषधि लोड गरेको ना.२च.७७६१ र गहुँ बोकेको ना.२ त १६५० को ट्याक्टरलाई नियन्त्रणमा लिएको छ। ट्याक्टर चालक ४५ वर्षका सन्जिप यादव र पिकअप गाडीका चालक ३० वर्षको सुनिल यादवलाई पक्राउ गरिएको उनले जानकारी दिए।

यसैगरी जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले गौर नगरपालिका वडा नं ४ बस पार्कबाट एक लाख ६० हजार भन्दा बढीको अवैध सामान बरामद गरेको छ। प्रहरीका अनुसार चिनी, मैदा, तिल, तेल लगायतका सामान बरामद भएको हो। बरामद सामान आवश्यक कारबाहीका लागि गौर भन्सारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।