राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले न्यायालय प्रति विशेष आभार व्यक्त गरेका छन्। न्याय प्रणालीमा विश्वास गर्ने ठाउँ भएको उनले उल्लेख गरेका छन्। अझै धेरै लडाइँ बाकी भएकाले पछि बोल्ने समय आए नबोल भने पनि बोल्ने उनले बताए।
रविसहित सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादीलाई बिहीबार कास्की जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो।
न्यायाधीश नीतिज राईको एकल इजलासले आदेश दिए लगत्तै रविले बैंक ग्यारेन्टीमार्फत् ६५ लाख धरौटी बुझाएर अदालतबाट निस्किएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ता खुसी हुँदै नारा बाजि गरेका थिए। काठमाडौँ जिल्ला अदालतमा आफैँ उपस्थिति हुने सर्तमा प्रहरीले रविलाई परिवारको जिम्मा लगाएको हो।
रविसहित छविलाल जोशी, रामबहादुर खनाल, लिला पछाईं, कृष्णबहादुर गुरुङ, मीना गुरुङ र आरती गुरुङले बिहीबार नै धरौटी बुझाएर रिहा भएका हुन्।