नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले मुलुकको अस्थिरताको अन्त्य र समृद्धिका लागि एमालेसँग सहकार्य गर्नु परेको बताएकी छन्।
नेपाली कांग्रेस बर्दियाले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा डा।संग्रौलाले सहकार्य एमालेसँग भएपनि प्रतिस्पर्धा पनि एमालेसँग नै हुने स्पष्ट पारिन्।
उनले आजको नेपाली कांग्रेसको लक्ष्य भनेको समुन्नत र समृद्ध नेपाल रहेको बताउँदै उनले सुशासन सार्थ समृद्धिका लागि भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्नुपर्ने धारणा राखिन्। 
उनले भनिन्, ‘सुशासन र समृद्धिका लागि भ्रष्टाचारको सबै फाइल खोलिनुपर्छ। जोकोहीमाथि छानबिन हुनुपर्छ। सुशासनको को जगमा मात्र समृद्धिको यात्रा तय हुने भएकाले भ्रष्टाचार न्यूनीकरण मूल एजेन्डा बनाइनुपर्छ।’
उनले पार्टीको महाधिवेशन समयमै गराउन कार्यकर्ताहरूले माहोल सिर्जना गर्नुपर्ने र क्रियाशील सदस्यजस्ताको टुङ्गो चाँडो लगाउनुपर्ने बताइन्। नेताहरू एनपी साउद, अब्दुल सतार, गोविन्द बहादुर शाह र चम्पा खड्कासहित लुम्बिनी प्रदेश भ्रमणमा पुगेकी डा। संग्रौलासहितको टोलीले बाँके, कपिलवस्तु, नवलपरासी र नवलपुरलगायतका जिल्ला भ्रमण गर्ने कार्य तालिका छ।