अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले कार्यान्वयन गर्न योग्य कार्ययोजना यथाशीघ्र निर्माण गरी सोको जानकारी समितिलाई गराउन मन्त्रालयलाई निर्देशन दिएको छ।
बिहीबार सिंहदरबारस्थित समिति सभाकक्षमा बसेको पर्यटन समितिको बैठकले संस्कृति पर्यटन र नागरिक उड्डयन तीनै क्षेत्रको बृहत्तर विकासको लागि मन्त्रालयको समग्र नीतिगत संरचनागत र व्यवस्थापकीय सुधार गर्न कार्यान्वयन गर्न योग्य कार्ययोजना यथाशीघ्र निर्माण गरी सो को जानकारी समितिलाई गराउने निर्णय गरेको सभापति राज किशोर यादवले जानकारी दिए।
उने भने,‘संस्कृति पर्यटन र नागरिक उड्डयन तीनै क्षेत्रको बृहत्तर विकासको लागि मन्त्रालयको समग्र नीतिगत संरचनागत र व्यवस्थापकीय सुधार गर्न, त्यसको कार्यान्वयन गर्न योग्य कार्ययोजना यथाशीघ्र निर्माण गरी सो को जानकारी समितिलाई गराउने निर्णय भएको छ।’
यस्तै,उनले विविध जाती भाषा धर्म र सांस्कृतिक सम्पदाहरूको संरक्षण गर्न नेपालमा जातीय र धार्मिक संग्रालयहरुको निर्माण कार्यलाई तीव्रता दिई पर्यटन प्रवर्द्धनमा जोड दिने र मन्त्रालय अन्तर्गत सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालित विभिन्न आयोजना एवम् निकायहरूको उपलब्धि र प्रभावकारिताबारे अध्ययन गरी सो को जनकारी समितिलाई जानकारी गराउने निर्णय भएको पनि जानकारी दिए।
उनले भने,‘विभेद जाति, भाषा, धर्म र सांस्कृतिक सम्पदाहरूको संरक्षण गर्न नेपालमा जातीय र धार्मिक संग्रालयहरुको निर्माण कार्यलाई तीव्रता दिई पर्यटन प्रवर्द्धनमा जोड दिने। मन्त्रालय अन्तर्गत सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालित विभिन्न आयोजना एवम् निकायहरूको उपलब्धि र प्रभावकारिताबारे अध्ययन गरी सो को जानकारी समितिलाई जानकारी गराउने पनि निर्णय भएको छ।
त्यस्तै, उनका अनुसार पुरातात्त्विक सम्पदा उत्खननको कामलाई नियमित परिणाममुखीमुलक बनाई कार्य सम्पादनमा जोड दिने पनि निर्णय भएको छ।