रौतहट प्रहरीले अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका विभिन्न मुद्दाका २० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको टोलीले खोज तलास गरी पक्राउ गरेको हो। रौतहट प्रहरी निरीक्षक राम कुमार महतोका अनुसार यही पुस २३ गते अदालतको फैसला  कार्यान्वयन अन्तर्गत फरार प्रतिवादीलाई पक्राउ गरी आवश्यक कारबाहीका लागी रौतहट जिल्ला अदालतमा पठाइएको छ। 
पक्राउ पर्नेमा जालसाजी मुद्दाका अभियुक्त धेरै रहेको उनले जानकारी दिए। जालसाजी मुद्दामा हुलास दास तत्मा, दीपलाल दास, जयलाल दास तत्मा, अखिलेन्द्र कुमार, सुखलाल महरा, फेकु महरा चमार, प्रेमचन्द्र महरा चमार, दशरथ दास तत्मा, शिव दास तत्मा, सुनरपतिया तात्मिनी र विजयदास तत्मा रहेको उनले बताए। लेनदेन मुद्दाका आरोपी राम प्रवेश साह तेली र राज कुमार साहलाई पक्राउ गरिएको प्रहरी निरीक्षक महतोले जानकारी दिए। कुटपिटमा बेनी राय, टैट राय चोरीमा हरि शंकर राय यादव चोरी तथा डाँकामा हरि शंकर राय यादव, सवारी ज्यान मा जितेन्द्र प्रसाद जयसवाल र बिगोमा गौरी शंकर साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 
उनीहरू सँग कैद तथा जरिवाना सजाय तोकिएको रौतहट प्रहरीले जानकारी दिएको छ।