झापा, सुनसरी, इलाम र धनकुटाबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पुस २३ गते झापाको मेचीनगर नगरपालिका-६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा पाँचथर मिक्लाजुङ गाउँपालिका-४ का ३१ बर्षीय दिल प्रसाद राई र दमक-२ की २९ बर्षीया स्मारिका नेम्बाङलाई ४ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।
त्यसैगरी, वडा प्रहरी कार्यालय धरानको प्रहरी टोलीले धरान-१२ स्थित डेरा गरि बस्दै आएकी २२ वर्षीया सम्झना लिम्बुलाई निषेधित औषधी १८२ चक्की र गाँजा १०० ग्राम सहित पक्राउ गरेको छ।
त्यस्तै, इलाका प्रहरी कार्यालय भेडेटारले चेकजाँचको क्रममा १६ किलोग्राम गाँजा बोकेको को.३३ प ९३०७ नम्बरको मोटरसाईकल सहित मोटरसाईकलमा सवार सहिदभुमि गाँउपालिका-७ का ३९ वर्षीय निकेन्द्र राई र उनको श्रीमती ३० वर्षीया निशा राईलाई पक्राउ गरेको छ भने इलामको देउमाई नगरपालिका९३ का ५० वर्षीय रमेश अधिकारीलाई औषधी ९२ चक्की ब्राउन सुगर १ ग्राम ७४० मिलिग्राम सहित इलाका प्रहरी कार्यालय मंगलबारेले नियन्त्रणमा लिएको छ।
पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।