नेपाली बजारमा बुधवार सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवार छापावाल सुन १ लाख ५२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
मङ्गलवार सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य भने स्थिर रहेको छ। बुधवार पनि चाँदी प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा नै कारोबार भइरहेको महासङ्घले जनाएको छ।