त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर लैजान खोजिएको ६१ ग्राम सुनसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१२ का २५ वर्षीय सञ्जय तामाङ छन्।
प्रहरीका अनुसार, एयर इन्डियाको उडान दोहाबाट काठमाडौं आएका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट सुनसहित पक्राउ गरिएको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जनाएको छ।