मोरङ र सुनसरीबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पुस २२ गते मोरङको पथरी शनिश्चरे नगरपालिका-१० स्थितमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले स्थानीय २२ वर्षीय रोशन विकलाई निषेधित औषधी ट्रमाडोल-३४० चक्की र स्पासपेन-३८० चक्की सहित नियन्त्रणमा लिएको छ।
त्यसैगरी, प्रहरी चौकी तरहरा सुनसरीले इटहरी उप-महानगरपालिका-२० का २१ वर्षीय मनिष खड्का र ३२ वर्षीय दिपेन थापा मगरलाई ट्रामाडोल र स्पासमो ८० चक्की सहित नियन्त्रणमा लिएको छ भने अस्थायी प्रहरी पोष्ट बरगाछी मोरङबाट खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-८ का १९ वर्षिय अभिषेक मंग्रान्तीलाई ट्रामाडोल-१०० क्यासप्सुल, प्रतिबन्धित औषधी स्पासपेन-२० चक्की र स्पासमो-३० चक्की सहित नियन्त्रणमा लिएको छ।
लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ।