सर्लाहीमा मापसे गरेका वडाध्यक्षसहित १५० जनाको समूहले प्रहरीको गाडीमा आक्रमण गरेपछि गोली चलेको छ।
सर्लाहीको रामनगर पाउँपालिका-५ का वडाध्यक्ष श्री नन्दन प्रसाद यादवसहितको समूहले बैजनाथमा प्रहरीमाथि आक्रमण गर्न थालेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ। गए राति भएको उक्त घटनामा पाँच राउन्ड गोली चलेको छ।
मापसेमा परेका युवाहरूले झगडा गर्न थालेपछि वडाध्यक्ष यादवको नेतृत्वमा १५० जनाको टोली चौकी घेराउका लागि आइपुगेका थिए। इलाका प्रहरी कार्यालय गडहिया डुमरिया सर्लाहीका प्रमुख, प्रहरी निरीक्षक उज्ज्वल कार्कीको कमान्डमा मापसे चेकिङ भइरहेको थियो।
सो क्रममा वडाध्यक्ष यादव पनि मादक पदार्थ सेवन गरेर आएका मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, एसपी सुवास बोहोराले जानकारी दिए।
घटनामा केही स्थानीयसहित एक जना प्रहरी घाइते भएका छन्। एसपी बोहराका अनुसार प्रहरी हवल्दार शैलेन्द्र राय यादवको टाउकोमा चोट लागेको छ। उनलाई उपचारका लागि अस्पताल पठाइएको छ।