नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले इलेक्ट्रिकल इन्जिनियरहरुको लागी विद्युत् प्राधिकरणलाई हब बनाउने बताएका छन्।
आइतबार पुलचोक इन्जिनियरिङ क्याम्पसमा भएको प्रयोगशाला उद्घाटन समारोहमा बोल्दै उनले विद्युत् प्राधिकरणमा इलेक्ट्रिकल इन्जिनियरको अभाव भएको भन्दै हालसम्म इन्टनसिपका विद्ययार्थीहरुले प्राधिकरण चलाएको बताएका हुन्।
उनले भने, ‘हाम्रो टेस्टिङ ट्रासफरहरु र वर्कसपहरू प्राय इन्टनसिपका विद्यार्थीले नै चलाएका छन्। करिब १२÷१५ सय जनाहरू इन्टर्नसिप हरेक लटमा चलिनै रहेको हुन्छ। इलेक्ट्रिकल इन्जिनियरहरुको लागि ६०÷७० सिट लोकसेवा मार्फत विज्ञापन निकालेको छौँ। विद्युत् प्राधिकरणमा इलेक्ट्रिकल इन्जिनियरहरुको अभाव छ। इलेक्ट्रिकल इन्जिनियरहरुको लागि विद्युत् प्राधिकरण एउटा ठुलो हब बन्छ, बनाउनुपर्छ।’
उनले विद्युत् प्राधिकरणले विभिन्न ठाउँमा वर्कसप, ट्रान्सफर्मर वर्कसप, टेस्टिङ ल्याबहरू स्थापना गरेको बताए। उनले स्थापना भएका ल्याबहरू अहिले अप्रेसनमा रहेको बताए।
उनले भने, ‘विद्युत् प्राधिकरणले प्रदेश÷प्रदेशमा नेपालगन्ज, बुटवल, विराटनगर,हेटौँडा काठमाडौँ लगायतका ठाउँहरूमा हाम्रो वर्कसप, ट्रान्सफर्मर वर्कसप, टेस्टिङ ल्याबहरू हाइ भोल्टिङ टेस्टिङ ३३के.बी सम्मको टेस्टिङ ल्याबहरूको स्थापना गरेर अहिले अप्रेसनमा छन्। विद्युत् प्राधिकरणले इन्टनसिपको लागि सबैको लागि हुने गरी, इलेक्ट्रिकल इन्जिनियरहरु र इलेक्ट्रिकल सम्बन्धी तीन तह चार तहका जति पनि आउँछन्। इन्टर्नसिप खोलेका छौँ। खाजा भत्ता दिएर खोलेका छौँ।’