मुगुको छायाँनाथ रारा नगरपालिका–१३, लुम गाउँका १२ वर्षीय एक बालकको घाँटीमा क्यान्सर भएपछि उपचारमा समस्या भएको छ। उपचार गर्न आर्थिक अभाव भएपछि उनी भरतपुर अस्पतालको शैय्यामा छटपटाइ रहेका छन्।
बुबा राज बहादुर खड्का र आमा उजेली खड्काका एक मात्र छोरा बिग्नेश खड्काको अहिले घाँटीमा क्यान्सर भएको पत्ता लागेको हो।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनको बेड नम्बर २९९ मा भर्ना भएका उनलाई उपचार खर्चको अभाव भएको अभिभावकहरूले बताएका छन्। परिवारको आर्थिक अवस्था कमजोर भएको र केही आफ्नो सम्पत्ति विक्री गरेको रकम पनि सकिएकाले सहयोगको याचना गरिएको हो। 
‘सबै पैसा सकियो। अहिले बिहान बेलुका खानसम्म समस्या भएको छ। थप उपचार गर्न धेरै रुपैयाँ खर्च हुने रहेछ। दुई हप्ता देखि औषधि गर्ने रुपैयाँ नहुँदा अहिले बच्चा बेडमा छटपटाई रहेको छ। सबैबाट सहयोगको खाँचो छ,’ बुबा राजबहादुरले भने। 
मनकारी सहयोगी मनहरूलाई आर्थिक सहयोग गरी दिन समाजसेवी मनकृष्ण बढुवाल र विरस बढुवालले समेत आग्रह गरेका छन् ।
सहयोगका लागि : ९८६८२२२३१३१
नाम : उजेली खड्का (आमा) 
खाता नं : १३१०१०००६३७०७०१०
बैंक नाम : राष्ट्रिय वाणिज्य बैंक
सम्पर्क नंः– ९७६६२१११८२
Photo (1) 22