इलाममा ब्लेडले आफ्नै घाँटी रेटेर एक महिलाले आत्महत्या गरेकी छन्।
आइतबार बिहान ११ बजे इलाम माई नगरपालिका-२ डाँडागाउँ बस्ने शेरबहादुर लिम्बूकी श्रीमती अन्दाजी ४६ वर्षीया गोमा लिम्बूले ब्लेडले आफ्नै घाँटी रेटेर हत्या गरेकी हुन्।
उनलाई उपचारको लागि अस्पताल पठाउने तयारी गर्दागर्दै घरैमा मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी टोली खटिएर आवश्यक कानुनी प्रक्रिया पुरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।
उनले आत्महत्या गर्नुको कारण भने खुलिसकेको छैन। उनी जन्डिसको बिरामी भएको भन्ने बुझिएको छ। यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।