नेपाली चलचित्र ‘जन्ते बाख्रो’ को शुभ मुहूर्त गरिएको छ।
शुक्रवार काठमाडौँको कमलादीस्थित गणेशस्थान मन्दिरमा फिल्मको शुभ मुहूर्त गरिएको हो।
मुहूर्त कार्यक्रममा फिल्मका निर्देशक, निर्मातालगायत कलाकारको उपस्थिति रहेको थियो।
सिमोस सुनुवारको निर्देशनमा बन्ने चलचित्र प्रदीप भारद्वाजले लेखेका हुन्। कमेडी कथावस्तुमा निर्माण हुने यस चलचित्रको निर्माता सन्तोष गौतम रहेका छन्।
चलचित्रका मुख्य कलाकार सौगात मल्ल र गरिमा शर्माले रहेको छन्। साथै सिनेमामा सौगात र गरिमासँगै आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी लगायतका कलाकारहरूको अभिनय रहने छ। चलचित्र पौष २० गतेबाट फ्लोरमा जाने छ।