क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्वस्थ भएका छन्।
श्वासप्रश्वासमा समस्या भएपछि वैद्यलाई महाराजगन्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको हो।
बिहीबार १३२ औँ माओ दिवसको अवसरमा कृष्णसेन ‘इच्छुक’ प्रतिष्ठानमा पार्टीले राखेको कार्यक्रम सहभागी भएका थिए। कार्यक्रममै उनी अस्वस्थ भएपछि राति नै अस्पताल भर्ना गरिएको थियोे।
अहिले वैद्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ।