सङ्घीय संसद् अन्तरगत आज दुई समितिको बैठक बस्ने भएको छ।
शुक्रवार प्रतिनिधि सभा अन्तरगतका राज्य व्यवस्था तथा सुशासन समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागिएको हो। 
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ताहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ। बैठक कानुन समितिको सभाकक्षमा दिनको १२ः१५ बजे बस्दै छ।