नेपाली बजारमा शुक्रवार सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा ४ सय रुपैयाँले बढेको हो। 

सुन आज तोलामा ४ सय रुपैयाँले बढेर एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेकोे छ। हिजो सुनको भाउ तोलाको एक लाख ५० हजार तीन सय रुपैयाँमा कारोवार भएको थियो।

त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ। आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १८ सय १५ रुपैयाँमा कारोवार भैइरहेको छ।