सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले एआईको प्रयोग सम्बन्धी कानुन चाँडै निर्माण गर्ने बताएका छन्। 
बुधवार काठमाडौँमा आयोजित तमु पत्रकारिता पुरस्कार वितरण तथा गुरुङ न्यूज डटकम पत्रिका लोकार्पण समारोहमा बोल्दै उनले एआईको प्रयोग सम्बन्धी पोलिसी ल्याएर त्यस लगत्तै कानुन पनि निर्माण गर्ने जानकारी दिएका हुन्। 
उनले भने,‘हाम्रो मन्त्रालय बढी लाग्नुपर्ने भएकाले एआईको प्रयोग कसरी गर्ने भनेर यस पटक हामी एआईको प्रयोग सम्बन्धी पोलिसी ल्याउँदै छौँ। र त्यसको पोलिसी ल्याउने बित्तिकै त्यसको कानुन बनाउँछौँ।’ 
उनले सहरकारीको विषयमा आफ्नो पार्टीका मानिसलाई बचाउने र रास्वपालाई मात्र अनुसन्धान ग¥यो भन्ने गलत प्रचार भएको छ। 
समितिको प्रतिवेदनमा उल्लेख भएको सहकारी ठगिमा संलग्न छ भने कांग्रेस एमाले मात्र नभई जुनै पार्टीमा आबद्ध रहेको व्यक्तिमाथि कारबाही हुने उनले बताए।
उनले भने,‘अहिले सहकारी अव्यवस्थापनको समस्या एकदमै धेरै देखिएको छ। एक पछि अर्को गर्दै उत्रिँदै छ। समस्याग्रस्त बनेको सहकारीको अनुसन्धानको छुट्टै टिम बनाएको हो । संसदीय समितिले भनेको सबैलाई अनुसन्धान भइरहेको छ सबैलाई एकै पटक छानबिन गर्न त सकिन्न नि। एक थरी राजनीतिक दलहरुलाई के भ्रम छ भने,हाम्रोलाई मात्र ग¥यो आफ्नोलाई गरेन भन्ने छ। समितिको प्रतिवेदनमा उल्लेख भएको सहकारीका कुनै पनि व्यक्ति कोही पनि छुट्दैन। त्यो सत्तामा रहेको कांग्रेसको होस् कि एमालेको होस् कि माओवादीको होस्। खालि रास्वपालाई मात्र गर्‍यो भन्ने गलत प्रचार भयो। हाम्रो अनुसन्धान र न्याय दिने कुरालाई ओझेलमा पार्न खोजेको हो।’ 
उनले मुलुकको सुरक्षा, आर्थिक विकास र राजनीतिक प्रतिबद्धताको लागि गर्नुपर्ने धेरै काम अझै बाँकी रहेको बताए। 
आफ्नो कार्यकालमा नेपालको सञ्चार र सूचना प्रविधिको क्षेत्रमा एउटा व्यवस्थित परिस्थिति निर्माण गरेर छाड्ने अठोट उनको छ। 
उनले भने, ‘मुलुकको सुरक्षाको लागि आर्थिक विकासको लागि र राजनीतिक प्रतिबद्धताको लागि हामीले काम गर्नुपर्ने हुन्छ। तर केही काम भएको छैन। यो वर्ष म त्यहाँ हुँदासम्म सबै काम गरेर नै छोड्छु। मैले नेपालको सञ्चार र सूचना प्रविधिको क्षेत्रमा एउटा व्यवस्थित परिस्थिति निर्माण गरेर छाड्छु।’