भक्तपुरमा खोटाङका कुलप्रसाद आचार्य र उनका छोरा प्रविणको हत्या घटनामा प्रहरीले कुलबहादुर कै जेठो छोरालाई पक्राउ गरेको छ । मंगलबार बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कुलबहादुरको जेठो छोरा मिलन आचार्यलाई पक्राउ गरेको हो।
खोटाङको दिक्तेल रुपाकोटमझुवागढी नगरपालिका–१ का ५६ वर्षीय कुलप्रसाद र उनका कान्छो छोरा २२ वर्षीय प्रविण सोमबार (हिजो) मृत फेला परेका थिए।
भक्तपुरको बालकोटस्थित एक घरमा दाजुभाइ मिलन र प्रविण कोठा भाडामा लिएर बस्दै आएका थिए। उनीहरूलाई भेट्न कुलप्रसाद केही दिनअघि मात्र खोटाङबाट आएका थिए।
प्रहरीको अनुसन्धानका क्रममा मिलन शनिवार राति कोठाबाट बाहिर निस्किएको सिसिटिभी फुटेजमा देखिएको थियो। प्रहरीले उनीमाथि सोधपुछ गरिरहेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनले हत्या स्वीकार गरेका उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले जानकारी दिए।