नेपाली बजारमा आज सुनको मूल्य स्थिर नै छ। 
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार आठ सय रुपैयाँ कायम भएको थियो भने आज (मङ्गलवार) पनि सुनको मूल्य सोमबार कै कायम छ।
मङ्गलवार चाँदीको मूल्य भने बढेको छ, सोमबार प्रतितोला एक हजार सात सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर एक हजार ८ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ।