इलाममा परालको कुन्युमा आगलागी हुँदा जलेर सोमबार एकजनाको मृत्यु भएको छ।
माई नगरपालिका–२ रातेखाडीका ठकबहादुर लिम्बूको परालको कुन्युमा सोमबार राति आगलागी हुँदा देउमाई नगरपालिका–४ मंगलबारेका ४३ वर्षीय दीपक भन्ने तिलविक्रम शिवाको मृत्यु भएको हो।
गम्भीर घाइते उनको प्रादेशिक अस्पताल भद्रपुर झापामा उपचारका क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।