भारतका प्रसिद्ध तबला वादक उस्ताद जाकिर हुसैनको निधन भएको छ। पद्मविभूषण पुरस्कार विजेता हुसैनको आइतबार बेलुका अमेरिकामा निधन भएको हो।
७३ वर्षीय हुसैन इडियोप्याथिक पल्मोनरी फाइब्रोसिस (आईपीएफ) नामक गम्भीर रोगबाट पीडित थिए। दुई सातादेखि उनको अमेरिकाको सान फ्रान्सिस्कोमा उपचार भइरहेको थियो।
उनको उपचारकै क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनको सोमबार बेलुका अन्त्येष्टी गरिएको छ।