स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले प्राप्त गरेको उपलब्धिहरुलाई अनुभूतिमा बदल्न आवश्यक छ। 
शुक्रवार ब्रिजवाटर अभिनन्दन कार्यक्रम २०८१ लाई सम्बोधन गर्दै उनले हामीले थुप्रै उपलब्धीहरु हासिल गरिसकेको भएतापनि अनुभूतिमा बदल्न नसकेको गुनासो गरे। 
उनले भने, ‘हामीले उपलब्धि थुप्रै हासिल गरेका छौँ तर त्यसलाई अनुभूतिमा बदल्न सकिरहेका छैनौँ। हामीले व्यवहारिक परिवर्तनहरु गर्न सकिरहेका छैनौँ। यसैले हामीले खोजेको व्यवस्थाभित्र व्यवहारिक परिवर्तनका निम्ति हामी जहाँ छौँ त्यहाँबाट प्रभावकारी भूमिका निर्वाह गर्ने कोसिस गर्‍यौँ, जिम्मेवारीलाई प्रभावकारी ढङ्गबाट लग्ने कोसिस गर्‍यौँ। नेपालको राजनीतिले स्रोतसँग नजोडीकन सिद्घान्तहरुको व्याख्या गर्‍यौँ।’
साथै उनले स्रोतसँग नजोडिएको सिद्धान्त कहिले राम्रोसँग कार्यान्वयन नहुने बताए। उनले जुनसुकै राजनीतिक होस् या अन्य विषका साथै  शैक्षिक विषयहरुलाई समेत स्रोतसँग जोडिएको हुनुपर्ने बताए।