पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना भएका छन्।
बिहीबार साँझबाट जोशीलाई अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
जोशीलाई गण्डकी मेडिकल कलेजमा भर्ना गरिएको छ। बिहीबार स्वास्थ्य परीक्षण गराउँदा जोशीलाई डाक्टरले अस्पताल भर्ना गर्नुपर्ने बताएपछि उनी भर्ना भएका हुन्। जोशी असोज ६ गते काठमाडौंबाट पक्राउ परेका थिए।
जोशीसहित पूर्वगृहमन्त्री रवि लामिछानेमाथि प्रहरीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिरहेको छ।