सगुन ज्वेलर्सको प्रस्तुति रहेको ‘मिस भोग नेपाल सिजन–२’ को अडिसन भोलि मङ्सिर २९ गते शनिवार काठमाडौँको दरबारमार्गस्थित पेन्ट हाउसमा सञ्चालन गरिँदै छ।
बिहान ९ बजेदेखि प्रारम्भ हुने अडिसनमा सहभागिता जनाएर प्रतिस्पर्धामा छनोट हुनका लागि प्रयास गर्न आयोजक संस्थाले महिलाहरुलाई आग्रह गरेको छ। 
प्रतियोगिता अर्थात् दोस्रो सिजनको ‘सगुन ज्वेलर्स प्रजेन्ट्स मिसेस भोग नेपाल २०२५’ मा भाग लिन चाहानु हुन्छ ? यो प्रतियोगितामा भाग लिएर उत्कृष्ट हुँदै नेपाललाई अन्तर्राष्ट्रिय रुपमा प्रतिनिधित्व गर्न चाहने महिलाहरुका लागि  हाउस अफ फेसनले एउटा सुनौलो अवसर प्रदान गरेको छ। 
यो प्रतियोगितामा सहभातिा जनाउन १८ वर्ष उमेर पूरा हुनु पर्नेछ। प्रतियोगितामा विवाहित विधवा, डिभोर्स तथा एकल आमाहरुले सहभागिता जनाउने छन्।
अडिसनको निर्णायक गीता गुरुङ, एलिजा गौतम, रेनुका श्रेष्ठ, पूजा पाख्रिन तथा करिश्मा केसी रहने छन्।
मिसेस भोग नेपालको उपाधि जित्ने एक जना प्रतिभाशाली महिलाले नेपाललाई प्रतिनिधित्व गर्दै थाइल्यान्डमा आयोजना हुने मिसेस टुरिजम क्वीन इन्टरनेशनलमा सहभागिताको अवसर पाउने छिन्। यसबाहेक पाँच लाख रुपैयाँ बराबरको उपचार, मोडलिङ सम्झौता, विभिन्न ब्रान्डसँग आबद्ध हुने तथा अन्य अवसरहरु प्राप्त गर्नेछन्।
हाउस अफ फेसनले अघिल्लो अघिल्लो वर्षदेखि मिसेस भोग नेपाल आयोजना गर्न थालेको हो। सन् २०२४ को संस्करणमार्फत प्रारम्भ भएको यो प्रतियोगिताले महिला शक्तिकरण गर्ने मुख्य लक्ष्य लिएको छ भने विवाहपछि पनि महिलो करियर समाप्त हुँदैन भन्ने अवधारण समावेश गरेको छ।
‘मिसेस भोग नेपाल एउटा त्यस्तो प्लेटफर्म हो, जहाँ विवाहित मात्र होइन, एकल महिला, एकल आमाहरुले समेत सहभागिता जनाउन सक्नेछन्, आयोजक संस्थाकी प्रमुख ओसिमा बानुका अनुसार यो प्रतियोगिता सहभागिता जनाउनका लागि उचाइ, तौला, रङ्ग ता जातिको कुनै परिधि तोकिएको छैन।
यस पटकको प्रतियोगितामा गीता गुरुङ, एलिजा गौतम, रेनुका श्रेष्ठ, पूजा पाख्रिन तथा करिश्मा केसीले ब्रान्ड एड्भोकेटसको रुपमा सहभागिता जनाएका छन्।
मिसेस भोग नेपाल २०२३ सिजन १ मा पूजा पाख्रिनले मुख्य उपाधि जितेकी थिइन भने भिभा स्नेतले कमर्सियल एम्बासडर, आकृति श्रेष्ठले फस्ट रनर्सअप तथा मनिला लामिछानेले सेकेन्ड र नर्स अपको उपाधि जितेका थिए।