माओवादी केन्द्रको स्थायी समिति बैठक बसिरहेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी रहेको अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ।
बैठकले पुस २ देखि सुरु हुने केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्ने बताइएको छ। केन्द्रीय समिति बैठकमा दाहालले आगामी कार्यदिशा समेटिएको प्रतिवेदन पेस गर्ने छन्।